राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।

मंगलबार शितल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्।

उनले परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताए। उनले साउने संक्रान्ति र माघे संक्रान्ति पर्व मात्र नभइ नेपालीहरुको जनजीवन रहेको उल्लेख गरे।

‘परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्व मात्र नभएर नेपालीको जनजीवन हो। हाम्रो राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ भन्ने आह्वान गर्दछु। देशमा सुशासन र शान्ति स्थापना गर्नु नै राजनीतिक कर्मीहरुको दायित्व हो,’ उनले भने।

राष्ट्रपति पौडेलले देशमा सुशासन र शान्ति स्थापना गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर