नेपाल-भारत संयुक्त सैन्य अभ्यास सम्पन्न
२९ पुष २०८१ १८:२०
नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औँ संस्करण सम्पन्न भएको छ।
नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसी र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको थियो ।
नेपालको चितवनस्थित नेपाली सैनिक व्याटल स्कुलमा सञ्चालन भएको संयुक्त सैन्य अभ्यास दुई हप्तासम्म संचालन भएको थियो ।
अभ्यासमा सैनिकहरुले विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगका विषयहरुमा सैद्धान्तिक र व्यवहारिक अनुभवहरुको आदान प्रदान गरे ।
यो अभ्यास २०६७ सालदेखि सुरु भएको हो । दुई देशले पालैपालो यो अभ्यासको आयोजना गर्ने गरेका छन् । कोरोना महामारीका बेला भने दुई वर्ष यो अभ्यास स्थगित भएको थियो ।
प्रतिक्रिया