भारतले सोधपुछका लागि बङ्गलादेशका उप उच्चायुक्तलाई बोलायो

बङ्गलादेशका भारतस्थित उप–उच्चायुक्त नुरुल इस्लामलाई विदेश मन्त्रालयले सोमबार सोधपुछका लागि बोलाएको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयले ढाकाका लागि भारतीय उच्चायुक्त प्रणय वर्मालाई आइतबार बोलाएको एक दिनपछि बङ्गलादेशका उप–उच्चायुक्तलाई बोलाइएको हो ।

बङ्गलादेशको विदेश मन्त्रालयले भारत–बङ्गलादेश सीमामा हालै बार लगाइएकोप्रति ‘गहिरो चिन्ता’ व्यक्त गर्दै आफ्नो आपत्ति जनाउन भारतीय उच्चायुक्तलाई बोलाएको थियो ।

“विभिन्न मुलुकमा राजदूत भई अनुभव हासिल गरिसक्नुभएका बङ्गलादेशका विदेश सचिव मोहम्मद जसिम उद्दीनले आइतबार बङ्गलादेश–भारत सीमामा भारतको सीमा सुरक्षा बल (बिएसएफ) को हालैका गतिविधिहरूलाई लिएर भारतका उच्चायुक्त प्रणय वर्मासँग गहिरो चिन्ता व्यक्त गर्नुभयो”, बङ्गलादेशको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

यस्ता गतिविधिहरू विशेष गरी काँडेदार तार निर्माण गर्ने ‘अनधिकृत प्रयास’ र बिएसएफद्वारा सम्बन्धित परिचालन कार्यहरूले ‘सीमामा तनाव र अशान्ति निम्त्याएको’ कुरामा जोड दिए ।

बिएसएफद्वारा सुनामगञ्जमा हालै एक बङ्गलादेशी नागरिकको हत्या भएको उल्लेख गर्दै बङ्गलादेशका विदेश सचिवले सुनामगञ्जमा एक बङ्गलादेशी नागरिकको कथित हत्याप्रति ‘गहिरो चिन्ता र निराशा’ पनि व्यक्त गरे ।

जवाफमा भारतीय उच्चायुक्तले सीमामा हुने अपराधहरूको सामना गर्न र तस्करी, अपराधीहरूको आवागमन र मानव बेचबिखनको चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोगात्मक दृष्टिकोणमा जोड दिए ।

‘मैले विदेश सचिवसँग अपराधमुक्त सीमा सुनिश्चित गर्ने, तस्करी, अपराधीहरूको आवागमन र मानव बेचबिखनका चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने र सुरक्षाका लागि सीमामा बार लगाउने सम्बन्धमा समझदारी कायम गर्ने भारतको प्रतिबद्धताबारे छलफल गरेँ, राजदूत प्रणय वर्माले बङ्गलादेशका विदेश सचिवसँगको भेटपछि पत्रकारहरूलाई भने, हाम्रा दुई सीमा सुरक्षा बलहरू, बिएसएफ र बिजिबी सम्पर्कमा छन् र समझदारी कार्यान्वयन गरिनेछ र अपराधहरूको सामना गर्न सहयोगात्मक दृष्टिकोण अपनाइनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *