रविलाई आज पनि हिरासतमै पठाउन आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन्। आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीसँगै पठाउने आदेश गरेका हुन्।

लामिछानेले भने आफूलाई थुनामा नपठाउन अपिल गरेका थिए। थुनछेक बहसका क्रममा उनले आफैं अदालतमा आउने प्रतिबद्धता जनाएका थिए। तर न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन्।

रवि आज भोलि पनि हिरासतमै रहनेछन्। भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर