कुनै दल फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् ।

राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम नगर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठो प्रचार गरिएको बताए ।

प्रधानमन्त्री ओलीले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट पारे ।

‘दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लागिएको छैन,’ओलीले भने, ‘कुनै दल फुटाउने र मिलाउने काम मेरो होइन ।’

प्रधानमन्त्री ओलीले आफू जागिर खान मात्रै प्रधानमन्त्री नभएको बताउँदै देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर काम गरिरहेको बताए ।

उनले भने– ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर