संसदीय समितिको बैठकमा सांसदहरु नआएपछि बैठक सञ्चालनमा समस्या

प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले समिति बैठकमा गणपूरक संख्या नपुग्दा अफ्ठ्यारो परेको गुनासो गरेका छन् ।

आईतवार सिंहदरबारमा बसेको अर्थसमिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरुसँगको छलफलमा समयमा सांसदहरु उपस्थित नहुँदा १५ मिनेटका लागि बैठक स्थिगित गरेर दोस्रो बैठक बसेको हो ।

बैठकपछि सांसदहरुसँग गुनासो गर्दै अर्थसमितिमा आएका विधेयकहरुको जिम्मा सभापतिको मात्रै नभएको भन्दै सबै सदस्यहरुको दायित्व भएको स्मरण गराए ।

उनले चार दिनअघि बैठकको जानकारी दिँदा पनि एक तिहाई सांसद पनि बैठकमा उपस्थित नहुँदा बैठक सञ्चालनमा समस्या भएको गुनासो गरे ।

उनले समयमा सांसदहरु बैठकमा जानकारी गराउने विषयमा सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने जानकारी दिए ।

उनले भने– ‘अर्थसमिति बैठक राख्दा कहिल्यै पनि गणपूरक सख्या नपुग्ने अवस्था सिर्जना भएको छ । सबै पार्टीको केन्द्रिय कमिटी बैठक भएकाले समिति बैठक रोकेर राख्यौं । चार दिनअघि बैठक बोलाउँदा पनि एक तिहाई पनि संसद बैठकमा उपस्थिति नहुने अवस्था सिर्जना भयो । सभापतिले मात्रै समितिको जिम्मा लिनु पर्ने हो की ? समितिमा रहेका विधेयकको विषयमा समिति सदस्यहरुको जिम्मेवारीभित्र नभएको जस्तो हो की मत अफ्ठ्यारो अवस्थामा छु । सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने पक्षमा छु ।’

उनले समितिमा अहिलेसम्म ५८ भन्दा बढी उजुरी परेको बताए । उनले समितिले उजुरीको विषयमा उपसमिति बनाएर काम गर्नेगरी अघि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर