
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो बढ्ने


भारतको नयाँ दिल्लीमा आइतबार बाक्लो हुस्सु लागेको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिनासहित वर्षाको चेतावनी जारी गरेको छ भने आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।
‘इन्डिया गेट’को श्रब्यदृष्यमा राष्ट्रिय राजधानी नयाँदिल्लीमा दृश्यता प्रतशत करिब शून्य रहेको बताइएको छ ।
शनिबार राष्ट्रिय राजधानीमा हल्का वर्षा भएको र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियसमा झरेको थियो।
त्यसैगरी, कानपुर र ग्वालियरजस्ता शहरमा पनि बाक्लो हुस्सु लागेको छ । आईएमडीका अनुसार शनिबार दिल्लीको औसत तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको थियो ।
प्रतिकूल मौसमका बावजुद इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि उडान डाइभर्सन वा रद्द गरिएको छैन। यद्यपि, कुहिरोका कारण धेरै रेलहरूको सेवामा ढिलाइको सामना गर्नुपरेको छ ।
- परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
- राजनीतिक अस्थिरता जनताको लागि अपाच्य : महासचिव चन्द
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
प्रतिक्रिया