जन्मदिनमा बिद्यार्थीहरूलाई स्विटर वितरण
२७ पुष २०८१ २१:२०
न्याय सेवामा ४० वर्ष सेवापछि केही वर्ष अघि अवकाश भएका उच्च अदालतका मुख्य न्यायाधीश रमेशकुमार पोखरेलले आफ्नो ६६ आैं जन्मदिन फरक तरिकाले मनाएका छन्।
उनले जन्मदिनका अवसरमा बिर्तामोड नगरपालिका ९ स्थित श्री सहिद लक्ष्मी आधारभुत विद्यालयमा रहेका ८५ जना विद्यार्थीहरूलाई न्यानो स्विटर वितरण गरेका हुन्।
काठमाडौं नयाँ बानेश्वर निवासी अवकाशप्राप्त मुख्य न्यायाधीश पोखरेलले पूर्वका विभिन्न जिल्ला र उच्च अदालतमा सेवारत रहँदा सो क्षेत्रको सामाजिक विकासमा सहयोग गर्दै आएका थिए।
उनको जन्मदिनमा बिर्तामोड जेसिस इन्टरनेशनल र जेसी आरती लिम्बुको पहलमा विद्यालयमा स्विटर वितरण भएको हो । विद्यालयमै जेसिसले जन्मदिन समेत मनाएको हो।
कानूनविद् समेत रहेका पोखरेलले यसअघि कोभिड महामारीका समयमा घर बहाल समेत छुट गरेका थिए।
प्रतिक्रिया