अस्थिरताको चक्र तोड्न दलहरूबीच समीक्षा गर्न आवश्यक : एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले संविधानमा रहेका छिद्र (लुप होल)का कारण देखिएको अस्थिरताको चक्र तोड्नका लागि सबै राजनीतिक दलहरूले गम्भीर भएर समीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।

कांग्रेस कपिलवस्तुले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य साउदले राजनीतिक अस्थिरताको चक्र तोड्ने उपाय संविधान संशोधन भएको बताए ।

‘संविधानमा नै हामीले सरकार स्थिर रहोस् र सरकारबिहीनताको स्थिति नहोस् भन्ने प्रावधानहरू राखेका थियौँ । तर, केही लुपहोल्सका कारण अस्थिरता नियन्त्रण हुन सकिरहेको छैन,’ उनले भने, ‘अब यो अस्थिरताको चक्रलाई तोड्नका लागि सबै राजनीतिक दलहरू गम्भीर भएर समीक्षा गर्न जरुरी छ । यसको समाधानको उपाय भनेको संविधान संशोधन हो ।’

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर