डाँका मुद्दामा ६१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ

कपिलवस्तुमा डाँका मुद्दामा ६१ वर्षसम्म कैद सजाय तोकिएका व्यक्ति प्रहरीले पक्राउ गरेको छ।

पाँच वटा मुद्दामा दोषी ठहर भएर पनि फरार रहेका कृष्णनगर नगरपालिका-१ गर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरीले पक्राउ गरी बिहीबार जिल्ला अदालत कपिलवस्तुमा पठाएर कारागार चलान गरिसकेको छ।

प्रहरीका अनुसार उनलाई ५ वटा मुद्दा लागेको छ । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कपिलवस्तुको गुर्चिहवाबाटैे पक्राउ गरिएको हो ।

कहारलाई कपिलवस्तु जिल्ला अदालतका विभिन्न लगत नम्बरहरू १९८०,१९८९,१९९०,१९९१ र १९९२ मा ३ वटा खुन डाँका,एक वटा डाँका तथा एक वटा चोरी मुद्दा गरी जम्मा ५ वटा मुद्दामा विभिन्न मितिमा फैसला भई कैद र विभिन्न मुद्दामा गरेर ६१ वर्ष कैद र तीन लाख ५२ हजार ७७८ रूपैयाँ जरिवाना सुनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर