आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक : उद्योगमन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिए ।

उनले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गरे । उनले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौती लगायतका विषयलाई लिए नयाँ कुराको खोजि गर्न आवश्यक रहेको बताए ।

मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने बताए । उनले पेट्रोलियम पदार्थको विकल्पको सिर्जना भएकाले अब निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरूमा पर्ने नयाँ खालको काम खोज्ने कार्य योजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिए ।

उनले नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जाने बताए । उनले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताए ।

उनले अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा निगमले सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहेको बताए ।

उनले निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्यक देखिएको उल्लेख गरे ।

उनले प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रस्ताव चाँडै निर्णय हुने अवस्था रहेको बताए ।

उनले भने, ‘नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा छ । व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिन्छ । ५५ वर्ष पूरा गरे अर्बको नाफा ग¥यौं,लाभांस बाँड्यौं भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौती लगायत नयाँ कुराको खोजि गर्नु आवश्यक छ । तेल मात्रै बेचेर मुनाफा कमाएर रमाउने धेरै लामो समय छैन । निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरूमा पर्ने नयाँ खालको काम खोज्न वाञ्छनीय ठान्दछु । नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चिएर संस्था धरापमा पर्न जान्छ । निगमको ग्राफलाई बढाउन आवश्व छ । निगमप्रतिको आम मानिसहरूको बुझाई राम्रो देखिँदैन । अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक पाइएको छ । निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था हो । निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्यक छ । प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्याँसलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रस्ताव चाँडै निर्णय हुने अवस्था छ ।’

उनले सरकारले पेट्रोलियम पदार्थमा इथानोल प्रविधिलाई भित्र्याउन खोजिएको बताए । उनले पेट्रोलियम पदार्थमा इथानोललाई मिश्रण गर्ने सरकारको तयारी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर