
सहकारी ठगी प्रकरण
पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश

जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रतिक्रिया