५० किलो गाँजासहित ४ जना पक्राउ
२५ पुष २०८१ १४:२२
५० किलो गाँजासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका–१ विश्रामपुरका ४० वर्षीय पारस यादव, ५२ वर्षीय मैनुद्दिन मियाँ, बहुदरमाई नपा–७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ र ४५ वर्षीय शिव महतो रहेका छन् ।
विशेष सूचनाको आधारमा मंगलबार राति साढे ९ बजे वीरगन्ज महानगरपालिका२० हरपतगन्जबाट लागु औषध गाँजा बोकेर गई रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई खानतलास गर्दा प्लास्टिकको बोरामा ४ वटा पोकामा लुकाई राखेको अवस्थामा करिब ५० किलो लागूऔषध गाँजा फेला परेको छ । पक्राउ परेका चारै जना उपर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
प्रतिक्रिया