५० करोडको अवैध भेप बरामद

राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट करिब ५० करोड रुपैयाँबराबरको अवैध इलेक्ट्रिक सिगरेट (भेप) बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा इमाडोलमा रहेको गोदाममा छापा हानेर भेप  बरामद गरिएकाे विभागले जनाएकाे छ  । उक्त भेप सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पा र शंकास्पद भारतीय नागरिक पवनकुमार साहको रहेकाे स्रोतले बताएको छ ।

राजस्व अनुसन्धान विभागले चीनबाट अवैध रुपमा नेपाल ल्याई गोदाममा राखिएको भेपको बजार ३५ देखि ५० करोड रुपैयाँसम्म रहेको अनुमान गरेको छ । विभागले भेप बरामद भएको तर कसको हो भन्ने यकिन भइनसकेको र अनुसन्धानको क्रममा रहेको जनाएकाे छ । बिभागका एक उच्च अधिकारीले भने गोदाममा बरामद भेप रमेश शेर्पा र पवनकुमार साहकै भएको दाबी गरेकाे छ ।

पवनकुमार साह र रमेश शेर्पाले विगत केही बर्षदेखि चीनबाट नेपालका तातोपानी रसुवा हुँदै भेप तस्करी गरी भारतमा बिक्री गर्दैआएका छन् ।

तातोपानी र रसुवामा भन्सार विभाग र राजस्व अनुसन्धानले अनुगमन बढाएपछि उनीहरुले मुस्ताङको कोरलाबाट भेप तस्करी गर्दैआएको सूचना राजस्व अनुसन्धानले पाएपछि निगरानी बढाएको थियो । निगरानीकै क्रममा मंगलबार इमाडोलको गोदाममा छापा मारेको थियो ।

यसअघि मुस्ताङबाट समेत प्रहरीले काेराेला नाकाबाट तस्करी भएकाे भेप ठुलाे परिमाणमा बरामद गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *