कोइला बालेर सुतेको अवस्थामा अचेत एक शिशुको मृत्यु, दुई जनाको उपचार हुँदै

काठमाडौंको नागर्जुन नगरपालिका–३, इचंगुस्थित शिशु निकुञ्ज विद्यालय नजिकै कोठामा कोइला बालेर सुतेको अवस्थामा एक शिशुको मृत्यु भएको छ भने दुई जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।

सिराहाको कर्जन नगरपालिका–६ स्थायी घर भई हाल नागर्जुन बस्दै आएका २७ वर्षीय कर्ण लामा, उनकी श्रीमती विपसा श्रेष्ठ र छोरी ६ महिनाकी हिल्सु लामा मंगलबार बेलुका आफ्नो कोठामा कोइला बालेर सुतिरहेका थिए।

बुधवार दिउँसो करिब ४ बजेको समयमा कर्ण लामाका पिता दानबहादुर लामाले कोठाको ढोका फोडी हेर्दा तीनै जना अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। तुरुन्तै उद्धार गरी गोंगबुस्थित बिनायक अस्पतालमा लगिएको र थप उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको थियो।

उपचारका क्रममा साँझ करिब ५:४० बजे ६ महिनाकी शिशु हिल्सु लामाको मृत्यु भएको छ। कर्ण लामाको बायाँ आँखामा र मुखमा चोट रहेको र उनी सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ। उनकी श्रीमती विपसा श्रेष्ठको बाहिरी चोट नरहे पनि सामान्य बोल्न सक्ने अवस्थामा छिन्।

यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर