बाँसबारी जग्गा प्रकरण : चाँदबागले फिर्ता लियो मुद्दा

बाँसबारी छालाजुत्ता कारखानाबाट सिजी चाँदबाग रेसिडेन्सीको नाममा दर्ता भएको जग्गा फिर्ता गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा फिर्ता भएको छ ।

दर्ता प्रव्रिmया रोक्न माग गर्दै रेसिडेन्सीका तर्फबाट दायर रिट मङ्गलबार फिर्ता भएको हो । कम्पनीका अधिकारप्राप्त निवेदक सञ्जय ठाकुरले मङ्गलबार सर्वोच्चमा मुद्दा फिर्ताको निवेदन दर्ता गर्नुभएको थियो । निवेदन अनुसार सर्वोच्चको संयुक्त इजलासले अनुमति दिएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले फिर्ता अनुमतिको आदेश गरेको हो । साबिकको च्याम्पियन फुटवेयरको नाममा लिई उक्त जग्गा रेसिडेन्सीको नाममा कायम भएको थियो । गैरकानुनी रूपमा जग्गाको हक हस्तान्तरण भएको भन्दै प्रहरी अनुसन्धानपछि सरकारले फिर्ता र स्रेस्ता कायमको निर्णय गरेको थियो । मालपोत कार्यालय डिल्लीबजार, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायतलाई मुद्दामा विपक्षी बनाइएको थियो ।

यसअघि अदालतले रेसिडेन्सीबाट जग्गा फिर्ता गराउने मालपोत कार्यालय डिल्लीबजारको निर्णय झिकाउने आदेश गत फागुनमै गरेको थियो । अन्तरिम आदेश हुने वा नहुने भन्ने विषयमा पेसी कायमै रहेको अवस्थामा मुद्दा नै फिर्ता भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको पत्राचार अनुसार मालपोतले जग्गा फिर्ताको प्रक्रिया अघि बढाउन सूचना जारी गरेको थियो । २१ दिनको म्याद बुझेर कम्पनीले गत फागुन १३ गते अदालतमा रिट दायर गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर