खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाइ : कार्यकारी अध्यक्ष अधिकारी
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाइ भएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् ।
उनले जहाज मर्मतको काम खरिद नियमावलीकै कारण ढिला हुने गरेको जिकिर गरे । उनले जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित रहेको बताए । कार्यकारी अध्यक्षले धेरै पुरानो खरिद विनियमावली भएकाले एयरलाइन्समैत्री नभएको बताए । उनले खरिद विनियमावली एयरलान्समैत्री बनाउन २०७६ सालदेखि निगमले भनिरहेको भएपनि अहिलेसम्म सुधार नभएको बताए ।
उनले पटक–पटक मन्त्रालयलाई भने पनि यसमा सुधार हुन सकेको जानकारी दिए । उनले नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पार्टसहरुको लागि खरिद विनियमावली सुधार गरेको भन्दै त्यत्ति नै नेपाल एयरलाइन्सलाई गरेको खण्डमा काम गर्न सहज हुने बताए । उनले जहाजको एउटा स्पेयर पार्टस बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान रहेको बताए ।
उनले वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त नभएको बताए । उनले अन्य देशमा सरकारी वायुसेवा निगम र अन्यका लागि खरिद विनियमावली फरक रहेको बताए ।
उनले भने ‘जहाज मर्मतको काम किन ढिला हुन्छ भन्ने कुरा हामीले बुझाउन सकेका छैनौँ । जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित छ । धेरै पुरानो खरिद विनियमावली छ । एयरलाइन्स मैत्री खरिद विनियमावली छैन । खरिद विनियमावली एयरलान्समैत्री हुनुपर्छ भनेर २०७६ साल देखि भनिरहेका छौं । पटक–पटक मन्त्रालयमा पनि भनेका छौं । यसमा सुधार हुन सकेको छैन । नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पार्ट्सहरुको लागि खरिद विनियमावली सुधार गरिएको छ । त्यति मात्रै नेपाल एयरलाइन्सलाई पनि गरिदियो भने काम गर्न सहज हुने थियो । जहाजको एउटा स्पेयर पार्ट्स बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान गर्नुपर्छ । विभिन्न तहमा निर्णय हुँदै आउनुपर्छ । वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त होइन जस्तो लाग्छ । अन्य देशमा सरकारी वायुसेवा निगम र अन्यका लागि खरिद विनियमावली फरक छ ।’
उनले इन्जिनियरहरूलाई दिनुपर्ने सेवा सुविधाहरू दिन सक्दा जहाज मर्मत हुन ढिला भएको बताए । उनले स्थायी कर्मचारीहरूको सेवा सुविधाहरू बढाउन धेरै अप्ठ्यारो प्रक्रिया रहेको बताए । उनले दक्ष जनशक्तिहरू निरन्तर रुपमा विदेश पलायन भइरहेको दाबी गरे ।
प्रतिक्रिया