प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

अहिले साँझ ७ बजे बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा सशस्त्र प्रहरीका चार डीआईजीकाे पदावधिबारे निर्णय हुने कार्यसूची रहेको छ ।

सशस्त्र प्रहरी बलका चार डीआइजीको पदावधि थप्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । पदावधि थप नभएमा चार डीआइजीले आजैदेखि अवकाश पाउने अवस्था छ ।

डीआईजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको आज चार वर्ष पदावधि पुग्दैछ । सशस्त्र प्रहरी नियमावलीमा डीआइजीको पदावधि ४+१ वर्ष हुने उल्लेख छ । उनीहरुको पदावधि थप्ने प्रस्ताव एक साताअघि नै मन्त्रिपरिषद पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर