सातदोबाटोस्थित अवैध कल सेन्टरबाट ५३ जना पक्राउ
२३ पुष २०८१ ८:५६
ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले छापा हानेको छ ।
सोमबार राति छापा हानेर ५३ जनालाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।
पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले जानकारी दिए ।
उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई म्याद थप गरी थप अनुसन्धान गरिने थापाले बताए ।
प्रतिक्रिया