तिब्बत केन्द्र बिन्दु बनाएर ७ म्याग्निच्युड क्षमताकाे भूकम्प, काठमाडौंसहित देशभर भूकम्पको धक्का

काठमाडौहित देशका विभिन्न भागमा भूकम्पको कम्पन गएको छ । भर्खरै केही सेकेण्ड भूकम्पको धक्का गएको हो ।

भूकम्पले हल्लाउन थालेपछि स्थानियहरु कोलाहलगर्दै घर बाहिर निस्किएका छन् ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु चीनको स्वशासित क्षेत्र तिब्बतको दिङ्ग्ये काउन्टी रहेको छ ।

केन्द्रका अनुसार भूकम्प ७ म्याग्निच्युडको रहेको छ । भूकम्प मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएकाे केन्द्रले जनाएकाे छ ।

भूकम्पकाे केन्द्र बिन्दु नेपालका संखुवासभा र ताप्लेजुङ जिल्लासँग सीमा जाेडिएकाे छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले भुकम्पकोे कम्पन ठुलै आएको बताएका छन् ।

उनीहरुका अनुसार भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन । क्षति भए नभएको बारेमा बुझ्ने काम भइरहेको बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *