नक्कली इन्स्पेक्टर बनेर ठगी गर्ने दुई जना पक्राउ

प्रहरीको नक्कली इन्स्पेक्टर बनेर युनिफर्म लगाएकाे फाेटाे देखाएर ठगीमा सक्रिय रहेका एकजना र सहयाेगी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले  नक्कली प्रहरी परिचय पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटोसहित उनीहरूलाई पक्राउ गरेकाे हाे ।

उनीहरूले उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारेर ठगी गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूले प्रलोभनमा पारेर वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रहरी टोलीले पुस २१ गते काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ पाचोकबाट सुदीप थापा र किशोर कुमार चौधरीलाई पक्राउ गरेको हो ।

चौधरी प्रहरी निरीक्षकको परिचय पत्र किर्ते गरी बनाउने कार्यमा संलग्न रहेका थिए । उनले कोटेश्वरमा मार्शल प्रिन्टिङ प्रेस संचालन हुन् । थापा र चाैधरीलाई ठगी तथा लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ, भद्रकाली पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जनाएका छन् ।

थापा ३८ वर्ष र चौधरी ४४ वर्षको रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर