सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरी : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरु चिर्न सहकारीहरुले आफूहरु ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले सहकारीबारे फैलाइएका हल्लाहरु मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताए ।
सबै सहकारीहरु एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरुले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले छिमेकी मुलुकहरुले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेको बताए ।
उनले भने,’अहिले सहकारीहरु सबै एउटै प्रकृतिका हुन्, एउटै खाले हुन्, सहकारी ठिक छैनन्, सहकारी अब चाहिँदैनन् भन्ने एउटा तप्का छ । जनताको समस्या समाधान गर्नको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भनेको सहकारी हो । किनेभने हामीले सहकारीमा वचत जम्मा गरेका हुन्छौं, त्यही वचत परिचालन गरेका हुन्छौं । त्यही वचतबाट आफ्नो आर्थिक स्थितिलाई उकास्न मद्दत गर्छ । त्यसैले सहकारी चाहिन्छ । त्यसकारण सहकारीमा फिँजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ ।’
उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरे ।
प्रतिक्रिया