सहकारी ठगी प्रकरण : रवि लामिछानेतर्फको थुनछेक बहस सुरु

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत सोमबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति, गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेको तर्फबाट बहस सुरु भएको छ ।

थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, राजेन्द्र बजगाईं र सुविज्ञ पन्तलगायतले बहस गर्नेछन् ।

शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस सुरु भए पनि दुई दिन गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी पूर्व डीआइजी छविलाल जोशी र जीबी राईका साझेदार एवं सहयोगी लीला पछाईको तर्फबाट उनीहरूका कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर