माओवादी केन्द्रको बैठक : प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छेठौं बैठक अन्तर्गतको दोस्रो दिनको बैठक जारी छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमाथि छलफल सुरू भएको छ ।

बैठक आइतबारदेखि काठमाडौंको एक पार्टी प्यालेसमा जारी छ । आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। अध्यक्ष प्रचण्डले पेश गरेको सोही राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य,२ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जना सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर