एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी
सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
आजको बैठकमा उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने छन् । त्यसका लागि प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय दिइएको छ । आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन् ।
प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुनेछ,’ उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।’
प्रतिक्रिया