महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

 मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ ।

उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

उनले पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए । उक्त सडक आगामी माघ ७ गतेसम्म बन्द रहने उनले बताए ।

यस्तै, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। उनका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारी सिस्नेरीतर्फबाट र काटमाडौँबाट हेटौँडा आउने सवारीसाधान फाखेलबाट सञ्चालन भइरहेको छ । दुबै सडकखण्डमा हाल स्तरोन्नति भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर