हेलिकोप्टरबाट सुत्केरीको उद्धार

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ । एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो।

आठबिसकोट–२ पाहाडाकी २४ वर्षीया धनमाया बुढा र वडा नं ३ खदीकी दीपा बोहरालाई नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको आठबिसकोट नगरपालिकाका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार दीपाले छोरीलाई जन्म दिइसकेपछि रक्तस्राव नरोकिएका कारण र गर्भवती बुढाको रक्तचापका कारण नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

बिरामीको अवस्था गम्भीर भएपछि आठबिसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो। सोही अनुरोधका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत गर्भवती तथा सुत्केरीको उद्धार गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर