नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई/मधेस जागरण अभियान चलाउने भएको छ ।
आईतवार बसेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एक महिने तराई/मधेस जागरण अभियान चलाउने जानकारी गराएका हुन् ।
बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व—पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रश्ताव राखेको जानकारी दिए ।
साथै उपत्यका विशेष अभियान चलाउने पनि धारणा राख्नुभएको बताए । केन्द्रिय कमिटी बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रश्ताव आएको पनि बताए ।
‘पार्टी एकता र वृहत वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चालाई सक्रिय गराउने कुरा त भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने । नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ । महिला दलित, मुस्लिमलाई विशेषअधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ । महिलाको अधिकार पनि ३३ बाट बढाएर ३३ बाट ५० पु¥याउन पहल गर्ने’ उनले भने ।
बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरुले पार्टी प्रवेशको लहर चलेको दाबी गरेका थिए । खबरदारी सभा देशव्यापी रुपमा प्रभावकारी रुवमा चलेको जानकारी प्रदेश अध्यक्षहरुले बैठकमा दिएका छन् ।
प्रतिक्रिया