गुरु गोविन्द सिंहको दशौँ जन्मजयन्ती मनाइँदै
२१ पुष २०८१ ८:४०
गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन्।
प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि शिखहरूको दशौँ गुरु बनेका हुन्।
गुरु गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिएका थिए । उनी निकै शान्त स्वभावको व्यक्तित्व थिए । आफ्नो अहित सोच्ने दुस्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताका साथ सामना गर्थे । गुरु गोविन्द सिंहको मान्यता थियो कि ‘मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई तर्साउनु हुन्छ ।’
प्रतिक्रिया