
सशस्त्रमा इन्स्पेक्टरदेखि सिपाहीसम्म बढुवाका लागि सूचना निकालियाे


सशस्त्र प्रहरीले इन्स्पेक्टरदेखि सिपाहीसम्म बढुवाका लागि सूचना निकालेको छ ।
शुक्रवार सशस्त्र प्रहरीको बढुवा समितिको सचिवालयले सुचना निकालेर बढुवाका लागि आवेदन दिन आह्वान गरेको हो।
जारी सूचनामा बढुवाका लागि आवश्यक शैक्षिक प्रमाण पत्रसहित बढुवा प्रायोजनार्थ आवश्यक कागज पत्रसहितको आवेदन बढुवा सिफारिस समितिमा बुझाउन भनिएको छ ।
बढुवाका लागि आवेदन दिन आह्वान गरिएको सुचना सशस्त्र प्रहरीको वेबसाइट www.apf.gov.np मार्फत हेर्न सकिन्छ ।
प्रतिक्रिया