लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छ : विमलेन्द्र निधी
२० पुष २०८१ १३:२२
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन् ।
मधेस प्रदेशबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बताए । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनमा जोड दिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेसका सह-महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य रामसरोज यादव सहितका नेताहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया