अहिलेको सरकार कांग्रेसको बलमा छ : कृष्ण सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली कांग्रेसको बलमा रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसको बलमा सरकारमा रहेको बताएका हुन्।
उनले कांग्रेसको साहरामा प्रधानमन्त्री बनेकाले कांग्रेसबेगर एक्लै अगाडि बढ्न नसक्ने बताए। उनले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको बताए।
बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने उनको भनाइ थियो। सरकार जोगाउनका लागि जोगाउने नभई सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने उल्लेख गरे।
उनले भने, ‘आखिर यो सरकार हाम्रो बलमा छ। केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ। हाम्रो सहारामा हुनुहुन्छ। हामीबेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर हामी कोही पनि कल्पना गर्न सक्दैनौँ।’
नेता सिटौलाले नेपाली कांग्रेस पार्टीले सिंगो समाजलाई नेतृत्व दिनसक्नुपर्ने बताए। अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको बताए।
प्रतिक्रिया