सिन्धुपाल्चोक भूकम्प २०७२ काे महाभूकम्पकै परिकम्प

सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहिवार दिउँसो १ बजेर २ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ दशमलव ८ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।

भूकम्पले काठमाडौँ उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *