सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भुकम्पको धक्का
५० किलोमिटर आसपाससम्म धक्का
१८ पुष २०८१ १३:२५
सिन्धुपाल्चोकको माझिटरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहिवार दिउँसो १ बजेर २ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ दशमलव ८ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
भूकम्पले काठमाडौँ उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।
थप विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया