७६ लाख बराबरको औषधि र खुद्रा सामानसहित ट्रक नियन्त्रणमा

पर्साको वीरगञ्ज महानगरपालिका २१ स्थित हनुमान चोकमा प्रहरीले ७६ लाख रुपैयाँभन्दा बढीको औषधि र खुद्रा सामानसहित एक मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा सोमवर राति प्रहरीको टोलीले ना.८ ख ४१२४ नम्बरको ट्रक जाँच गर्दा बिल विजकमा उल्लेख भएकोभन्दा बढी सामग्री रहेको पाइएको थियो। वीरगञ्जबाट धनुषातर्फ गइरहेको ट्रकमा ७६ लाख ७५ हजार ४५१ रुपैया मुल्य बराबरको सामान रहेको प्रहरीले जनाएको छ।

खुद्रा सामान र औषधिजन्य ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर