इटहरी उपमहानगरपालिका अगाडि शंकास्पद वस्तु फेला

इटहरी उपमहानगरपालिका अगाडि रहेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

मंगलबार बिहानै कालो प्लास्टिकसहित कुकुरमा समेत शंकास्पद बस्तु फेला परेपछि डिस्पोजका लागि नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरबाट खटिएको सेनाले शिलबन्दी गरी काम गरेको थियो।

सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तु डिस्पोज गरेपछि अहिले इटहरी उपमहानगर क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख छ।

यसअघि बम भनिएको शंकास्पद बस्तु पूर्वपश्चिम राजमार्ग अन्तर्गतको इटहरी उपमहानगर अगाडि रहेका कारण सडक समेत बन्द गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *