अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद
१५ पुष २०८१ ७:५७
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।
अखिल [क्रान्तिकारी]को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो ।
उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
- रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्छाैं : उद्योगमन्त्री भण्डारी
- पुस २७ मा निर्माण व्यवसायी महासंघले निर्णायक आन्दोलनका लागि राष्ट्रिय भेला गर्ने
- भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन-कुन फाइल खोल्ने हो छलफल गरौं : गगन थापा
- भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित
प्रतिक्रिया