कुखुराको मासु खाँदा एकको मृत्यु, ३ जना विरामी
अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् ।
कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।
बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार कुखुराको मासु खाने मृतककि हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाति ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दुख्ने, बान्ता गर्ने लगायतका स्वास्थ्य समस्या देखिएको थियो।
मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन् ।
घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया