नेकपा एमाले देश बनाउने अभियानमा हिंडेको उनको दाबी थियो । अन्य राजनीतिक दलहरूले आफूलाई राम्रो भन्न नसकेका कारणले एमालेलाई नराम्रो भन्दै हिंडेको पनि ओलीले बताए ।
युवालाई ओलीको सुझाव- झिंगाको होइन, मौरीको संगत गर्नुस्
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा पंक्तिलाई गलत व्यक्तिको संगतमा नपर्न आग्रह गरेका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्लो समय समाजमा युवाहरूलाई भड्काउन अनेक क्रियाकलाप हुने गरेको बताए ।
‘गलत व्यक्तिको संगत नगर्नुस्, संगत गर्नुभन्दा अगाडि राम्रो व्यक्ति छानेर गर्नुस् भन्छु मैले । मौरीको संगतमा लाग्नुभयो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिंगाको पछिपछि लाग्नुभयो भने फोहोरको डंगुरमा पुगिन्छ । झिंगाले कहिल्लै फूलको रस चुस्दैन पनि फूलमा बस्दैन पनि । मौरी फूलबारीतिरै जान्छ ।’
ओलीले गलत मान्छेको संगतमा परेर समय खेर फाल्नुभन्दा सयमको सदुपयोग गर्न जरुरी रहेको उल्लेख गरे ।
‘युवाहरुलाई मेरो आग्रह के छ भने गलत संगतमा नपर्नुस् । मान्छे आफैं बिग्रिँदैन संगतले बिगारेको हुन्छ । कोही ड्रगिस आफैं भएको हुँदैन । संगतले नै बिगारेको हुन्छ,’ ओलीले भने, ‘कोही मान्छे अत्यन्त राम्रो भएर निस्किएको हुन्छ, त्यसमा अरूको गुण आएको हुन्छ । आमाबाट गुण आएको हुन्छ, बाउबाट आएको हुन्छ । साथीभाइबाट गुण आएको हुन्छ ।’
प्रतिक्रिया