
टिकटकमाथि प्रतिबन्ध लगाउने कानून अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह


अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।
शुक्रवार दायर गरिएको कानूनी कागजातअनुसार उहाँले वार्ताबाट समाधानको लागि समय दिनको माग गरेका हुन् ।
यो कागजात जोन साउरद्वारा दायर गरिएको थियो । जसलाई ट्रम्पले सलिसिटर जनरलको रूपमा सेवा गर्न मनोनीत गरेका थिए । कागजातमा ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकलाई तत्काल प्रतिवन्ध लगाउने विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट समस्या समाधान गर्ने आशा गरेको उल्लेख छ ।
ट्रम्पले टिकटकलाई संयुक्त राज्यमा सञ्चालन जारी राख्न अनुमति दिनसक्ने बताइएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया