
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो


दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको । दुई जनालाई भने जीवितै उद्धार गरिएको छ । मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो ।
पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो । केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले जनाएको छ । जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। दुर्घटनामा जहाज पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ । विमानस्थलका अधिकारीहरूले जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन् ।
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
प्रतिक्रिया