प्रो सञ्जयको टिमलाई सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि
प्रो सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि जितेका छन्।
धरान गल्फ क्लबमा भएको प्रतियोगितामा प्रो सञ्जयको टिमले १६७ अंक सहित उपाधि जितेको हो। प्रो सञ्जयले ४१ तथा एमेच्योरहरू भुवनेश लिम्बुले ४३, बिना सापकोटाले ४२ र श्याम लिम्बुले ४१ अंक बनाए। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीको टिम १५९ अंक सहित दोस्रो भयो।
भुवनले ३९ अंक बनाउँदा एमेच्योरहरू एसएसपी भीम दाहाल, पूर्ण बहादुर राई र बल बहादुर राईले समान ४०र४० अंक बनाए। प्रो निरज तामाङको टिम १५५ अंक सहित तेस्रो भयो। निरजले ३८ अंक जोडे। एमेच्योरहरू दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९र३९ अंक जोडे। महिलातर्फ ४२ अंक जोडेर बिना सापकोटा उत्कृष्ट खेलाडीको पुरस्कार जितिन।
प्रतियोगितामा होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लङ्गेस्ट ड्राइभ र होल नम्बर १७ मा एसएसपी भीम दाहालले क्लोजेस्ट टु दी पिनको अवार्ड जिते। प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका सचिव देवराज राईले पुरस्कार वितरण गरे। प्रो-एम प्रतियोगितामा १२ प्रो तथा ४८ एमेच्योर गरी कूल ६० खेलाडीले भाग लिएका दिए।
हिजो सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनमा निरज तामाङले १७-अन्डर १९३ सहित उपाधि जितेका थिए। उनले शुक्र बहादुर राईको कुल तर्फको रेकर्ड स्कोर बराबरी गर्दै करियरको दोस्रो उपाधि जितेका हुन। निरजले पहिलो दिन ८-अन्डर ६२ खेल्दै नयाँ कोर्स रेकर्ड बनाए। बिष्णु प्रसाद शर्मा ७-अन्डर २०३ स्कोर सहित दोस्रो तथा बलभद्र राई ३-अन्डर २०७ सहित तेस्रो भए। प्रतियोगिताको कूल पुरस्कार राशि ८ लाख ८२ हजार रहेको थियो।
सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन महिना पोखरा स्थित हिमालयन गल्फ कोर्समा आयोजना हुनेछ।
प्रतिक्रिया