सरकार जनमुखी भएर चल्न सकेन : नेता खनाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो आरोप लगाएका हुन्। उनले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरु आइरहेको बताए। उनले देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्ने बताए।
उनले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताए। उनले संविधानमा समाजवादउन्मुख भनिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको र कुनैपनि नेतृत्वले समाजवादको कुराहरु नगरेको बताए। उनले संविधान संशोधन गर्ने भनिरहेको बेलामा संविधान संशोधनमार्फत हटाइदिने आशंका व्यक्त गरे।
उनले भने, ‘हामीले देशमा शान्ति स्थापना गर्ने आधार बनाउनु पर्छ । जबसम्म आर्थिक समानता, राजनीतिक समानता यि कुरा स्थापना गर्न सकिँदैन, मान्छेले मान्छेलाई गर्ने शोषणलाई जबसम्म अन्त्य गर्न सकिँदैन, हाम्रो संविधानले भनेको हामी समाजवादतर्फ जानुपर्छ भनेर । हो के त्यो समाजवाद भनेको । संविधानमा अरु कुनै शब्द राख्न नपाएर राखेको मात्रै हो की रु त्यसको कुनै अर्थ पनि छ । यो देशका नायकहरु किन बोल्दैनन् त्यसको बारेमा । संविधानमा त छ त । बोल्ने शाहस किन छैन ? बोल्ने शाहस किन छैन ? बिना बित्थामा राखिएछ की भन्ने प¥यो की ? अहिले संशोधनको कुरा हुँदैछ । हटाइदिने हो की त्यो संशोधन गरेर । यि सन्दर्भमा पनि देशको नेतृत्वमाथि मेरो कटाक्ष छ । नेतृत्व जनमुखी भएर चल्न सकेन । नेतृत्व संविधानमुखी भएर पनि चल्न सकेन । यसकारणले गर्दा समस्याहरु छन्।’
प्रतिक्रिया