मोहन वैद्य किरण अस्पताल भर्ना

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरूले भर्ना हुनुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर