भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको भारतीय समयअनुसार बिहीवार राति ९ बजेर ५१ मिनेटमा एम्स अस्पतालमा निधन भएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइएमएस) अस्पतालमा उपचार क्रममा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन हो ।

सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भारत आफ्नो सबैभन्दा प्रतिष्ठित नेता सिंहको निधनमा शोकमा डुबेको बताएका हुन् ।

प्रधानमन्त्री मोदीले लेखेका छन् ‘भारत आफ्नो सबैभन्दा प्रतिष्ठित नेता डा. मनमोहन सिंहको निधनमा शोकमा छ ।’ मोदीले सिंह सामान्य पृष्ठभूमिबाट उठेर प्रख्यात अर्थशास्त्री बनेको स्मरण गर्दै उनले अघि सारेको आर्थिक नीतिले भारतमा गहिरो छाप छाडेको बताएका छन् । त्यस्तै संसदमा पनि सिंहको योगदान निकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मोदीले आफु गुजरात राज्यको मुख्यमन्त्री र सिंह प्रधानमन्त्री हुँदाको सम्बन्धबारे स्मरण गरेका छन् । मोदीले लेखेका छन्, ‘जब डा। मनमोहन सिंहजी प्रधानमन्त्री थिए र म गुजरातको मुख्यमन्त्री थिएँ, हामी दिनहुँ कुरा गर्थ्यौं। सुशासनका विभिन्न विषयमा गहिरो छलफल गर्थ्यौं । उहाँको बुद्धिमत्ता र नम्रता सधैं देखिने थियो।’

मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री भएका थिए । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।

सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए। उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धामा ल्याए। टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर