देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँ : आरजु राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताएकी छन् ।

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री देउवाले सरकारले नागरिकका मुद्दाहरूमा काम गरिरहेको बताएकी हुन् । उनले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरूबाट खुसी भएको उल्लेख गरिन् ।

उनले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गरिन् । उनले देशमा आएका सङ्कटहरूको समाधानका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताइन् । उनले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताइन् । जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताइन् ।

उनले भनिन् ‘हाम्रो दुई वटा दल मिलेर सरकार बनाउँदा धेरै मान्छेहरू अलिकति सक्ड नै भएका थिए । सबैभन्दा धेरै प्रतिस्पर्धामा हुने पार्टीहरूले किन सरकार बनायो होला त ? ठिक यस्तै कुराहरूलाई एड्रेस गर्न । धेरै ठाउँमा हामीलाई इस्युज थाहा छ, रेस्पोन्स पनि थाहा छ तर हामी त्यहाँ पुग्नै सक्दैनौँ । अहिले पनि जुन फण्डहरुको कुराहरू गरिरहेका छौँ । जुन क्लाइमेट फाइनान्सको कुरा गरिरहेका छौँ । लस एण्ड ड्यामेज फण्डका कुराहरू गरिरहेका छौँ, त्यसमा हामी कसरी पुग्ने त ? त्यसको लागि हामी पोल्टिकल मान्छेहरूको छोटो लाइफ हुन्छ, तर इन्टेन्सन जहिले पनि सही हुनुपर्छ । पर्मानेन्ट सरकारले मात्रै कार्यान्वयन गर्नसक्छ ।’

परराष्ट्रमन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने बताइन् । उनले देशको आवश्यकता हेरेर एक्सनमा जानुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *