
एनसेलविरुद्ध सांसद अमरेशको रिट सर्वोच्चद्धारा खारेज


सर्वोच्च अदालतले एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहको रिट खारेज गरेको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गानाको इजलासले रिट निवेदन खारेज गर्दै निर्देशनात्मक आदेश दिएको छ ।
सांसद सिंहले गत वर्ष मङ्सिर २२ गते एनसेलको ८० प्रतिशत सेयर बिक्री रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट यूके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो ।
पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा सेयर बिक्री गर्न खोजिएको भन्दै रिट परेको थियो । आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई (५५ मिलियन अमेरिकी डलर)करिव ६ अर्ब ६५ करोड रुपैयाँमा शेयर बिक्रीको घोषणा गरेको थियो ।
सन् २०१६ मा एक खर्ब ४३ अर्ब रुपैंयामा आजियाटाले एन्सेलको ८० प्रतिशत सेयर किनेको थियो ।
सात वर्षमा नै ठूलो रकम गिरावटका साथ सेयर खरिदबिक्री भएको भन्दै सांसदले सिंहले प्रश्न उठाएका थिए । उनले रिट निवेदनमा एन्सेल, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री कार्यालय, आन्तरिक राजस्व कार्यालयलाई पनि विपक्षी बनाएका थिए ।
प्रतिक्रिया