
सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?


बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो।
आज नेप्से ०.१५ प्रतिशतले बढ्दा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर कारोबार भएको छ । ७० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ वटा कम्नपीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३१० कम्पनी कारोबारमा आउँदा ६१ हजार ८३९ पटक शेयर किनबेच भएको छ । २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
१३ वटा समूहमध्ये ४ वटा समूहको शेयर मूल्य बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह २.३१ प्रतिशतले बढेर ४ हजार ७१८.८५ विन्दुमा पुगेको छ भने वाणिज्य बैंक समूह १.८१ प्रतिशतले बढेर १४२७.९१ विन्दुमा पुगेको छ ।
त्यस्तै, लगानी समूह ०.२७ प्रतिशतले बढेर ९९.४२ विन्दुमा पुगेको छ भने लघुवित्त समूह ०.१४ प्रतिशतले बढेर ४ हजार ९२२.४७ विन्दुमा पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूह २.७० प्रतिशतले घटेर ३ हजार ७३.२५ विन्दुमा आएको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.०८ प्रतिशतले घटेर ६ हजार ८१७.८१ विन्दुमा आएको छ ।
साथै, विकास बैंक समूह २.४८ प्रतिशतले, होटेल तथा पर्यटन ०.७८ प्रतिशतले, हाइड्रोपावर १.२८ प्रतिशतले, जिवन बिमा ०.३० प्रतिशतले, म्युचुअल फण्ड ०.२४ प्रतिशतले, निर्जीवन बिमा ०.२६ प्रतिशतले र अन्य समूह ०.१६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया