जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

मोरङको कटहरी गाउँपालिका २ मा एक महिलामाथि सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ का १९ वर्षीय महमद रमजान, सोही स्थानका १९ वर्षीय सुनिलकुमार साह र भारतको अररिया कुशाकट्टा बस्ने १९ वर्षीय महमद गुल्जर पक्राउ परेका छन् ।

जहदा गाउँपालिका ३ कि २२ वर्षीया महिला घरदेखि करिब दुई किलोमिटर टाढा कटहरी गाउँपालिका २ मा पर्ने खेतबारीकोबीचमा रहेको बाँस झ्याङमा हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।

अचेत अवस्थामा भेटिएकी महिलाको कोशी अस्पतालमा उपचार भइरहेको छ । उनकै बयानका आधारमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरबाट शौच गर्न निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी २ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर र मुखमा कपडा राखेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर