पार्टी कार्यालय आफैँ बनाउने मेरो तर्क गलत छैन : बिन्दा पाण्डे

नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा. बिन्दा पाण्डेले आफूले नगरेको गल्तीको सजाय दिने काम भएको बताएकी छन् ।

व्यापारीबाट दानमा केन्द्रीय कार्यालय लिने निर्णयलाई गलत भन्ने आफ्नो अभिव्यक्ति सच्याउन आवश्यक नरहेको उनको तर्क छ ।

‘नागरिकको बीचमा ठाडो शिर गरेर ‘म नेकपा एमालेको सदस्यले मेरो पार्टी कार्यालय मै बनाउँछु’ भन्ने निर्णय पार्टीले गरेको थियो । त्यही आधारले अगाडि बढ्नुपर्छ भनेर कुरा उठाएको हो’, पाण्डेले भनिन्, ‘त्यसले गर्दा गल्ती गरेका थिएनौँ त, रियलाइजेसन गर्ने कुरै भएन नि ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *